- सुदिप गिरी
हल्दीबारी ।
झापा हल्दीबारी जेसीजले बुधबार सचिवालय स्थापना गरेको छ । जनवरी १ अर्थात अङ्ग्रेजी क्यालेन्डर अनुसार बर्षको पहिलो दिन, नयाँ बर्षसँगै जेसीजहरुको कार्य सुरुवात गर्ने दिन नयाँ आयाम र जोशसहित सकारात्मक परिवर्तन गर्ने लक्ष्य लिएर नेपाल जेसीजको ५१ औ महाअधिवेशनबाट प्रस्तावित भएको दिनबाट औपचारिक कार्यक्रमको थालनी गरिएको हल्दीबारी जेसीजकी संस्थापक अध्यक्ष जेसी युनिता दवाडीले बताइन्।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेबि मैनाली प्रमुख आतिथ्य र हल्दीबारी–४ का वडाध्यक्ष सन्तोष थापाको बिशिष्ठ आतिथ्य रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि एवम् विभिन्न संस्थाका पदाधिकारीलगायत अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा आचार्य पण्डित अर्जुन भट्टराईबाट स्वस्ति बाचन मन्त्रोच्चारण गरी भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मैनाली, नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाका अध्यक्ष रेम खरेल, हल्दीबारी गाउँपालिका–४ का वडा सदस्य सुरेन्द्र बाराकोटी, आचार्य पण्डित अर्जुन भट्टराई, हल्दीबारी जेसीजका अध्यक्षीय सल्लाहकार हिमा पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत सदस्य भरत ढकाल, जेसीज आस्था कार्यकारिणी उपाध्यक्ष योगेश कार्की र जेसीज मिशन भिजन अर्का कार्यकारिणी उपाध्यक्ष नितेश खरेलले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन हल्दीबारी जेसीजका महासचिव जेसी प्रायुस पौड्यालले गरेका थिए ।