बिर्तामोड । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा झापाबाट सञ्जिव घिमिरेलाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको सदस्यमा आज (मंगलबार) झापाबाट घिमिरे मनोनय भएका हुन् । 

यसैगरी कञ्चनपुरबाट खगेश्वर बोहरा, जुम्लाबाट मीनबहादुर भण्डारी, काठमाडौंबाट ध्रुव खड्का र राजीव श्रेष्ठ कपिलबस्तुबाट जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकबाट सिताराम परियारलाई मनोनयन गरिएको छ ।

त्यसैगरी सोलुखुम्बुबाट शम्भुहरि बाँस्तोला, लम्जुङबाट जुनु गुरुङ, रौतहट ई. विजयकुमार सिंह गरी १० जनालाई मनोनयन गरिएको विभागका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।