झापा ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।