बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ । यस रोगबाट कृषकलाई कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निःशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिए।

वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९ मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ ।

वडा नम्बर ९ मा आज सम्पन्न गरेर वडा नम्बर ८ मा भ्याक्सिनेसन सुरु गरीने छ । यस आर्थिक वर्षमा १३ हजार गाई,भैंसीलाई भ्याक्सिन लगाउने  नगरपालिकाको योजना छ । चार जना प्राविधिक उक्त कार्यमा खटिएका छन् । 

नगरपालिकाले कृषकहरुलाई खोरेत, पिपिआर (बाख्रामा लाग्ने सिगाने रोग) स्वाईन फिभर, रानीखेत (कुखुरामा लाग्ने रोग) निःशुल्क उपलव्ध गराउँदै आएको छ ।