सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका भित्रका विभिन्न कालोपत्रे सडकको स्तरउन्नति गरिएको छ। कनकाई नगरपालिका १, २ र ७ मा रहेका विभिन्न बाटोको १ हजार ६ सय ३५ मिटर सडकको एकैसाथ कालो पत्रेको स्तउन्नति गरिएको हो।
कनकाई–१ स्थित जुकेकल्वोटदेखी दक्षिण, कनकाई ७ को भृकुटीमार्ग जोड्दै पूर्वमा भृकुटी स्कुलसम्म, पश्चिममा पनि विभिन्न बिग्रेका स्थानमा त्यसैगरी डाँडा गाउँ स्थित जामनबारी सामुदायिक बन जाने सडकोको विभिन्न स्थानमा कालोपत्रे सडको स्तरउन्ति गरिएको हो।
वडा नम्बर १ जुलेकल्वोटबाट दक्षिण ७ नम्बर जोड्ने शान्ति मार्गको ८ सय ८४ मिटर त्यसगरी भृकुटीमार्गमा १ सय ९४ मिटर र वडा न २ मा रहेको डाँडा गाउँ मार्गमा ५ सय ५७ मिटर सडकको कालोपत्रेको स्तरउन्ति गरिएको हो ।
शान्तिमार्गको ८ सय ८४ मिटरका लागि १८ लाख त्यसगरी भृकुटीमार्गमा १ सय ९४ मिटरका लागि ५ लाख र वडा न २ मा रहेको डाडागाउ मार्गमा ५ सय ५७ मिटरका लागी १४ लाख गरि कुल ३८ लाख रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर बिष्णु आङ्ग्दाबेले जानकारी दिए।
सरोज कुमार बस्नेतको जमदार निर्माण सेवाप्राली भद्रपुरले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जमदार निर्माण सेवाप्राली भद्रपुरसँग गत वर्ष नै योजना सम्झौता भएको थियो । यसैगरी कनकाईको वडा न ८ बाट वडा ९ जाने हिमाली मार्ग पनि कालोपत्रे सडकको नै स्तर उन्नति गरिने तर उक्त मार्गको भने ठेक्का लाग्न बाँकी रहेको ईन्जिनियर बिष्णु आङ्ग्दाबेले जानकारी दिए।