झापा ।
झापाको मेचीनगर नगरपालिका– ९ गैरीगाँउबाट लागूऔषसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–९ गैरीगाँउमा लागूऔषध कारोबार तथा बेचबिखन हुँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोलीले ती ब्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरीले शनिवार साँझ ६ बजेको समयमा मेचीनगर–९ गैरीगाँउका २८ बर्षिय सालु भन्ने अजय राजवंशीलाई कोठामै फेला पारी पक्राउ गरेको छ ।
राजवंशीलाई शंका लागेर शरिर चेक जाँच गरी उनको कोठा समेत खानतलासि गर्दा घरको सुत्ने कोठाबाट बिभिन्न कम्पनीको ५ वटा मोबाईलहरु, विभिन्न दरका नेपाली नगद ५० हजार १५० रुपैयाँ, साईकल थान एउटा र साईकलको हेण्डलको प्वाल भित्र लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ५ ग्राम ९० मिलिग्राम फेला पारेको थियो ।
लागूऔषध बरामदसँगै सालु भन्ने अजयलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारी ल्याएर आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।