सुनसरी ।

सुनसरीको धरान उप–महानगरपालिका–४ बाट लागूऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कारसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको  उक्त नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो । 

गाँजा बरामद भएसँगै कार र चालक उदयपुर वेलका नगरपालिका–९ का २३ बर्षीय तीर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका–१ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनीहरु दुवै जनासहित कारलाई आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।