- सुदिप गिरी
हल्दीबारी ।
नेपाल रेडक्रस सोसाईटी जलथल उप–शाखाको नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिद्वारा प्रमाण–पत्र वितरण गरिएको छ। आज (शुक्रबार) हल्दीबारी– ४ नम्बर वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कोषाध्यक्ष, प्रमुख निर्वाचन अधिकारी तथा कार्यक्रमका सभापति ओम प्रकाश गौतमले नव निर्वाचित जलथल उप–शाखाका पदाधिकारीहरूलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रममा रणकाली सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष धनबहादुर साँवा, सचिब अर्जुनप्रसाद वन, पाथिभरा कालिका वन उपभोक्ता समुहकि उपाध्यक्ष शर्मिला लामिछाने, नेपाली कांग्रेस हल्दीबारी गाउँ सभापति गंगाप्रसाद प्रसाई रेडक्रसकर्मि सुवास बाह्रकोटी, समाजसेबी दिलबहादुर गुरूङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नव निर्वाचित सभापति खरेलले रेडक्रसले विभिन्न संघ,संस्थाहरूसग समन्वय र सहकार्य गर्दै आगामी एक वर्ष भित्रमा एउटा एम्बुलेन्स र संस्थाको कार्यालय भवनको माथिल्लो तलामा सूबिधा सम्पन्न सभाहल निर्माण गर्ने प्रतिबद्वता जनाएका छन् । साथै उनले जलथल उपशाखालाई नमुना उप–शाखाका रूपमा अगाडि बढाउने गरीका जुजारू र सक्रिय सक्षम टिम पाएको बताएका छन्। आपत बिपत्तिमा रेडक्रस सदेैब अग्र भएर सहयोग गर्ने प्रतिबद्वता जनाए।
कार्यक्रमका सभापति गौतमले जलथल उपशाखा हल्दीबारी उपशाखासँग मर्ज गर्न लागिएको अवस्थामा रेम खरेलको नेतृत्वमा अत्यन्तै कमजोर अवस्थामा रहेको जलथल रेडक्रसलाई जोगाई भवन निमार्ण कार्य गरेको भन्दै संस्थालाई थप अगाडि बढाउन र आपत विपतमा रेडक्रस छ भन्ने अनुभूति दिन सक्ने गरि काम गर्न र संस्थालाई थप उचाइमा पुराउन शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सागर पोर्तेलले गरेका थिए।