• सुदिप गिरी 

हल्दीवारी । 

झापा हल्दीबारीको प्रमुख पर्यटकिय स्थलको रूपमा  रहेको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा दोस्रो भेलागुरी महोत्सव आजबाट शुरु हुने भएको छ । 

आज बिहीवार अर्थात पौष ११ गतेदेखि शुरु हुने महोत्सवको उद्घाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गर्ने भएका छन् । 

महोत्सवमा नेपालका चिरपरिचित कलाकारहरुको सांगितिक प्रस्तुत रहने र महोत्सवमा बिभिन्न आकर्षक स्टल र प्रदर्शनी देख्न पाइने आयोजक समितिले जनाएको छ । 

नेपालका ख्यातिप्राप्त कलाकार प्रमोद खरेल, रचना रिमाल, समिक्षा अधिकारी, राजेश पायल राई, दुर्गेश थापा, एलिना चौहान, ज्योति मगर, श्री कृष्ण लुईटेल (बोकेदारी) लगायतको महोत्सवमा प्रस्तुति रहने छ । साथै मन्त्र ब्यान्डको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । 

भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र स्थानीय हल्दीबारीबाट महोत्सव सफल पार्न र  महोत्सवमा हाउजी खेलको पनि मनोरञ्जन समेत लिन सकिने आयोजक समितिले जनाएको छ ।