शिवसताक्षी । 

धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन) ले बताएका छन् । तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश  कार्य समिति तथा भगवती माता महारानी मन्दिर समितिद्वारा संयुक्त आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्की (काफ्ले) को जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा नगर प्रमुख थोप्राले त्यस्तो बताएका हुन् । 

 धार्मिक तथा पर्यटकीयस्थल  शिवसताक्षी–९ स्थित चिल्लागढमाआयोजित  कार्यक्रममा बुधबारबिहान  प्रमुख आतिथिसमेत रहेका नगर प्रमुख  थोप्प्राले  धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवधन प्रचारप्रसार एवम्  धामीझाँक्रीहरुको समेत  संरक्षणमा स्थानीय सरकार लागि पर्ने  प्रतिवद्वता जनाएका थिए । उनले आफ्नो परिवारमा पिता पनि धामी झाँक्रीनै भएको र धेरै पहिला देखिनै उनबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको बताएका थिए । 

 ‘नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ, यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो, धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ,  यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्ने छ ।’ नगर प्रमुख थोप्प्राले  भने । 

तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा भएको कार्यक्रममा कोशी प्रदेशका  झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटालगायत जिल्लाका माता (झाँक्रेनी) तथा धामी (झाँक्री) गरि  दुई सय  बढीको  सहभागीता रहेको थियो।