बिर्तामोड  ।

मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने मनकारी व्यक्ति हुन् बिष्णु आचार्य । समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित उनले रक्तदानमा सहजीकरण, सडकमा असाहय बनेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा समेत सधैं अगाडि छन् । उनै आचार्यले बुधवारपनि समाजोपयोगी काम गरेका छन् ।  

विपद्मा परेका व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा आर्थिक सहयोग पु¥याएर उनले समाजोपयोगी काम गरेका हुन् । एक करोड रुपैयाँको ‘व्यवसायी राहत कोष’स्थापना गर्दै त्यसको व्याजबाट विपद्मा परेका व्यवसायीलाई सहयोग गर्ने उद्योग वाणिज्य संघको अभियानमा आचार्यले १५ हजार एक सय रुपैयाँ सहयोग गर्दै कोष बृद्धिमा इँटा थपेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र समेत प्रदान ग¥यो ।

नेपाली भाषा–साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखको परिभाषा दिँदै भनेका छन् – ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ रु आफू मिटाई अरुलाई दिनु जहाँ छ रु’ म खाउँ मै लाउँ, अरु सबै मरून् दुर्बलहरू भन्ने भावनाले वास्तविक आनन्द प्राप्त हुँदैन । परोपकारमा वास्तविक पुण्य छ । धर्म भनेकै मानवताको सेवामा निहीत छ  भनेझैं आचार्ययले पनि संघको कोष वृद्धिमा आर्थिक सहयोग गर्दै परोपकारी भावना जागृत गराइदिएका छन् ।

‘वल्र्ड क्लीनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडरका रुपमा  सहभागी भएका विष्णुले नेपालमा समेत विभिन्न कार्यक्रम गरेर अलग्गै पहिचान बनाएका छन् । उनै विष्णुले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको राहत कोष वृद्धिका लागि सयौं दाताहरुलाई जोड्ने काम गरेको भन्दै उनको संघका पदाधिकारीले उच्च प्रशंसा गरेका छन् ।

  • व्यवसायी राहत कोषमा १० लाख बढी जम्मा

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।

बिर्तामोडका सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुले कोष वृद्धिका लागि सहयोग गरेसंगै कोषमा रकम जम्मा हुने क्रम बढेको हो ।

दाताले कोष वृद्धिका लागि विभिन्न अवसर पारेर कोषलाई सहयोग पु¥याउँदै आएको संघका महासचिव कुशल खतिवडाले बताए । दिनहुँजसो व्यवसायीले सहयोग रकम लिएर कोष वृद्धिका लागि  संघमा आउने गरेको खतिवडाको भनाई छ ।