झापा ।   

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ लक्ष्मीधापमा एक जना माछा पोखरीमा डुवेको अवस्थामा मृत फेला परेको छन् । अर्जुनधारा–११ लक्ष्मीधापका अन्दाजी ५१ बर्षय बिमला दर्जी कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा खोजतलास गर्दै जाँदा सोही स्पानका भुपाल गिरीको माछा पोखरीमा डुबेको अवस्थामा मृत परेका हुन् । 

मृतक दर्जी पुस ७ गते दिउँसो ३ बजेको समयमा घरमा कसैलाई नसोधी हिडेका थिए । आज (मंगलबार) १२ः३० बजेको समयमा माछा पोखरीमा डुवेर मृत फेला भएको मृतककै छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी गराउन साथ प्रहरी टोली गएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएर सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।