झापा ।
पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५० वर्षीया सरिता आङ्वो छिन् । आइतवार दिउँसो २ः३० बजे फालेलुङ– ७ बस्ने मनु आङ्वोकी श्रीमती ५० वर्षीया सरिता आङ्वो साथीसँग सल्लेरी जंगलमा दाउरा काट्न जाँदा भीरबाट अचानक लडेर घाइते भएकी थिइन् ।
टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी उनलाई हिजो साँझ ६ बजे जिल्ला अस्पताल ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
मृतकको शवलाई शवगृहमा राखिएको र आज (सोमवार) पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।