झापा ।
पूर्वी नाँका काँकरभिट्टाबाट भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइदै गरेको बिभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सो सामान नियन्त्रण गरेको हो ।
मेचीनगर नगरपालिका वडा नं. ६ हनुमान मन्दिर अगाडी हँुदैं भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको एक लाख ६५ हजार २०० रुपैयाँ मूल्य बराबरको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको प्रशरीले जनाएको छ ।
प्रहरीले कफी ४०० प्याकेट, पान मसला ९ पोका, सावुन १ काटुन, अमुल घ्यु २ काटुन, क्रिम चिज २ काटुन, अमुल बटर ३ काटुन, फाटा कपडा १०० केजी र किराना सामानहरु समेत गरी जम्मा सो मूल्य बराबरको सामाग्री नियन्त्रण गरेको बताइएको छ ।
सो सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।