झापा ।
झापाको बुद्वशान्ति गाँउपालिका–३ धिमाल टोलबाट प्रतिबन्धित लागू औषध गाँजा सहित एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले गएराति ११ः३० बजेको समयमा बुद्धशान्ति–३ धिमाल टोलकी २९ बर्षिया दुर्गा धिमाल पक्राउ गरेको हो ।
धिमाल टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका अन्दाजी ६० बर्षिय श्याम धिमालको घर खानतलासी लिएको थियो ।
खानतलासीका क्रममा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेकोले गाँजासहित उक्त कोठाबाट भारतिय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७० फेला परेको थियो ।
यसैगरी एउटा तराजु, आठ वटा ढक, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरीअन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउ जस्तो कटर चक्कु ३ थान, कैचि १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामानहरुसहित श्याम धिमालकी छोरी दुर्गा धिमाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।