बिर्तामोड ।
न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि आर्थिक सहयोग गरेका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको समेत उपस्थितिमा बिर्तामोडस्थित अतिथि सदनमा आयोजित सक्षिप्त कार्यक्रममा सो रकम प्रदान प्रदान गरेका थिए ।
सो अवसरमा संघको कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्र सहित सम्मान गरिएको छ ।