बिर्तामोड ।
उद्योगी व्यवसायीको हकहितका लागि बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको युवा दिवाकरलाल चौधरीले आर्थिक सहयोग गरेका छन् । ब्यसायी चौधरीले ‘व्यवसायीक राहत कोष’ मा जन्मोत्सवको अवसर पारेर बिहीवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
संघले व्यवसायीको आपतबिपतमा मलमपट्टी लगाउने उद्देश्यले एक करोड रुपैयाँ लक्ष्यका साथ ‘व्यवसायीक राहत कोष’ स्थापना गरेको छ ।
एक समारोहका बिच चौधरीले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तान्तरण गरेको महासचिव कुसल खतिवडाले जानकारी दिए । सो अवसरमा ब्यवसायी चौधरीलाई संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।