झापा ।
प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाउने बहानामा २६ लाखभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा चार जना पक्राउ परेका छन् । पोल्यान्ड र सिंगापुर, अस्टे«लिया र युएई पठाइदिने भन्दै रकम असुलेको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भक्तपुर कमलविनायकका ज्वालाराम मुस्याख्या, धनुषाको गणेशमान चारधाम नगरपालिका– ४ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने राजकुमार चौधरी, रुपन्देही बुटवल– १४ नयाँगाउँका बुद्धिबहादुर बस्याल र धनुषाको मटिहानी नगरपालिका घर भई काठमाडौंको गौशाला बस्ने रूपेशकुमार चौधरी रहेका छन् ।
राजकुमारले पोल्यान्ड पठाइदिने भन्दै २ जनाबाट ६ लाख ३० हजार, मुस्याख्याले अस्ट्रेलिया पठाउने भन्दै १ जनाबाट २ लाख, रूपेश कुमारले सिंगापुर पठाइदिने भन्दै १ जनाबाट १६ लाख, बस्यालले यूएई पठाइदिने भन्दै १ जनाबाट १ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
राजकुमारलाई काठमाडौंको काँडाघारी, बस्याललाई टोखा, मुस्याख्यालाई बागबजार र रूपेशकुमारलाई टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।