चन्द्रगढी । 

लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धि अभिमूखीकरण कार्यक्रम झापाको बिर्तामोड–६ स्थित सरस्वती माध्यमिक बिद्यालय आज (बिहिबार) सम्पन्न भएको छ । 

सहयोगी नेपालको आयोजना र जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा उक्त बिद्यालयका बिद्यार्थीहरुलाइ लागूऔषध सम्बन्धि जानकारी गराउने उद्देश्यले एक महिने अभियान अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

बिर्तामोडनगरपालिका –६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सहजीकरण पत्रकार राजु बराल र इलाका प्रहरी कार्यालयका प्रदिप कुमार मगरले गरेका थिए ।

सहयोगी नेपालका अध्यक्ष दया  लाल राजवंशीको अध्यक्षता, तारा चाम्लिङको स्वागत र सहजकर्ता राजु बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सूर्यप्रसाद कन्दङ्वा, सरस्वती माबिका प्रधानाध्यापक दिपक लुइटेलका साथै सहभागी बिद्यार्थीका तर्फबाट अनिस श्रेष्ठ र म्युनिसा लिम्बुले लागू पदार्थ दुर्ब्यसन न्युनिकरण तथा रोकथामका लागि सबै पक्ष लाग्नु पर्ने धारणा राखेका थिए ।