अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबिच भगिनी सम्वन्ध स्थापना गर्दै अगाडी वढ्ने प्रतिवद्धतासहित समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (बिहीवार) अर्जुनधारा नगरपालिका आएको जापनको टोनो सिटी नगरपालिकाका मेयर काजुहिको ताडा र अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन  तामाङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

नगर प्रमुख बलदेवको मैत्रिपूर्ण निमन्त्रणामा जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली २ दिने भ्रमणका अर्जुनधारा  नगरपालिका आएको हो । 

संधीय सांसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समेतको नगरपालिका भएको हुनाले विशेष महत्वका साथ संघीय सरकारसँग पनि समन्वयात्मक कार्यक्रमहरू गर्ने प्रतिवद्धता दुवै मेयरहरूले गरेका छन् । 

जापनको टोलीमा मेयर काजुहिको ताडासहित डाइरेक्टर अफ इन्डस्ट्रि डिपार्टमेन्ट मानमी सासाकी, इन्डस्ट्रि प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस शेयरमेन अफ द स्टान्डीङ कमिटी अन इन्डस्ट्रि एण्ड कन्टक्शन हिरोसी किकोची,  स्टान्डीङ कमिटी मेम्बर फर इन्डस्ट्रि एण्ड कन्टक्शन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुचीलगायतको टोली अर्जुनधारा नगर आएको छ । 

अर्जुनधारा नगरले जापनको तोनो सिटीका मेयरसहित टोलीलाई नौमती बाजासहित स्वागत गरेको थियो भने उक्त टोलीलाई नेपालको सांस्कृति झल्कने सांस्केति कार्यक्रम गरेर मनोरन्जनसमेत प्रदान गरिएको छ । जापनको टोली र अर्जुनधारा नगरबिच कृषि र स्वास्थ्य क्षेत्र साथै बिभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने समझदारी भएको बुझिएको छ ।