झापा । 

अरिदमन गण चारआली व्यारेकमा विद्यार्थीहरुका लागि सञ्चालित खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  विभिन्न विधामा सञ्चालित प्रतियोगिताको समग्रमा ईष्ट होराईजन स्कुल प्रथम भएको छ । 

फुटबल खेलमा टावर टेम्पल स्कुल र छात्र तथा छात्रा भलिवलमा स्वस्तिका शिशु सदन प्रथम भएको थियो । विजेता स्कुललाई ट्रफी तथा प्रमाणपत्र र  उत्कृष्ट बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।   

नेपाली सेनासँग शिक्षा क्षेत्रमा सहकार्य गरिरहेका झापा जिल्लामा अवस्थित ५ वटा Empanelled  विद्यालयहरुलाई सहभागी गराई गत मंसीर ३० गतेदेखि सञ्चालन भएको ‘ईम्प्यानल बिद्यालय खेलकुद प्रतियोगता–२०८१’ मंगलबार अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले प्रतियोगितामा सहभागी भएका बिजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका थिए ।

यसैगरी अन्य बिधाहरु फुटबल खेलमा प्रथम भएको टावर टेम्पल स्कुल, छात्र तथा छात्रा भलिवलमा प्रथम भएको स्वस्तिका शिशु सदन स्कुललाई ट्रफि तथा प्रमाण पत्र,  उत्कृष्ट बिद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र र समग्रमा प्रथम हुने बिद्यालय ईष्ट होराईजन स्कुललाई ट्रफि प्रदान गरिएको थियो । 

यसैगरी ‘ईम्प्यानल बिद्यालय खेलकुद प्रतियोगता–२०८१’ मा फुटबल, भलिबल (छात्र र छात्रा), हाजिरी जवाफ तथा पृथ्वी नारायण शाह र राष्ट्रिय एकीकरण बिषयमा केन्द्रित रही वक्तृवकला, चित्रकला र कविता प्रतियोगता ईभेन्टहरु समावेश गरिएको थियो  । ‘३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसर पारेर सेनाले बिद्यार्थीहरुका बिच बिभिन्न खेलकूद प्रतियोगिता आयोजना गरेको थियो ।