झापा ।  

पाचँथरको मिक्लाजुङ गाँउपालिका–५ कालो खोल्सीस्थित भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मिक्लाजुङ–५ लसीबोटका ६३ बर्षिय मानबहादुर राई सक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा आइतवार दिउँसो ३ः४० बजे लडेर घाइते भएका थिए । 

भिरबाट लडेर ५० मिटर तल झरी घाइते भएर उपचारको लागि झापातर्फ लाने क्रममा साँझ ७ः३० बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 इलाका प्रहरी कार्यालय खान्द्रुङबाट प्रहरी टोलि गएर बुझ्दाँ मृतक मान बहादुर राई भिरबाट लडेको स्थानियबासीले देखी घटना स्थलबाट उद्दार गरी उपचारको लागि स्ट्रक्चरमा राखेर गाडीसम्म लाने क्रममा बाटोमै मृत्यु भएको र मृतकको लास उनको घरमा सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ । 

घटनाको बिषयमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी निरिक्षक ढुण्डीराज गिरीको टोलि आज बिहान खटि जाने भन्ने बुझिएको  छ ।