झापा ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–६ गुम्बाडाडामा आगलागी भएको छ । गएराति १० बजेको समयमा भएको आगलागीबाट ढुङ्गा माटोले बनेको तीन तले घर जलेर नष्ट भएको छ ।
महेन्द्र गुरुङ (हाल धरान बसोबास गर्ने) को घरमा सोही स्थानका टिका माया गुरुङले डेरा गरी बस्दै आएकी थिइन् । घरमा कोही नभएको बेला एक्कासी बिद्युत सर्ट भएर आगालागी भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी हुन साथ २० जनाको टोली गएर स्थानिय र प्रहरीको सहयोगमा उक्त आगलागी १२ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तल्ले घर पूर्ण रुपमा क्षति भएको, २० वटा कुखुरा, ४ मुरी मकै, ४ मुरी आलु, टेलिभिजन, डिसहोम समेत जलेर नष्ट भएको छ । उक्त आगलागीका बिषयमा प्रहरीले थप अनुसन्धान गरिएको बुझिएको छ ।