झापा । 

झापाको दमक नगरपालिका–१० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाईकल गएराति १०ः१० बजेको समयमा आफै अनियन्त्रित भएर ई दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २७ बर्षिय बिराज थापा, सोही मोटरसाईकलमा सवार झापाको गौरादह नगरपालिका–५ का ३२ बर्षिया जमुना धिमाल र सोही स्थानकी २५ बर्षिया  (गाउँघरमा बोलाउने नाम मनचरी राई) बास्तबिक नाम ओम कुमारी राई घाईते भएका थिए । 

घाइते तिनै जनालाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा घाईते महिलाहरु दुवै जना उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको डाक्टरले घोषणा गरेको छन् । मोटरसाईकल चालक बिराज थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल इलाका प्रहरी कार्यालय दमकमा राखेर सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्रयाक्टरको पछाडीको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।


घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । सो ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको र ट्रयाक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।