झापा ।
सवारी दुर्घटनामा परी घाइते भएका सिटी सफारी चालकको मृत्यु भएको छ । शनिवार झापाको कमल गाउँपालिका–५ ज्योति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनमा सफारी चालकको मृत्यु भएको हो ।
दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रु बाहक बसले सोहि दिशातर्फ जाँदै गरेको प्रदेश न.१–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडीबाट ठक्कर दिदा उक्त कार बाटो देखि तल झरेको र सोहि बसले बिर्तामोडबाट दमकतर्फ आउँदै गरेकोWB74AX2829 नम्बरको कार र सोहि दिशा तर्फबाट आउँदै गरेको प्रदेश न.१–०१–०२ ह.९०१ नम्बरको सिटी सफारीलाईसमेत ठक्कर दिएको थियो ।
उक्त दुर्घटना सिटी चालक दमक नगरपालिका–९ का ५० बर्षिय राम गुरागाँई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । गुरागाई उपचारको क्रममा गएराति ११ः२० बजे अस्पतालमा मृत्यु भएको हो । सवारी साधन तथा चालकहरु नियन्त्रणमा रहेको साथै सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी दुर्घटनामा बस चालक मोरङको कटहरी गाउँपालिका–३ का ४० बर्षिय रोहित महल्दारको बाहिरी चोट नदेखिएको भित्री चोट निम्स अस्पताल दमकमा उपचार भईरहेकोमा बमिट गरेको कारण न्युरो अस्पताल बिराटनगर रेफर गरिएको छ ।
सिटी सफारीमा सवार कमल गाउँपालिक–३ का २८ बर्षिया सुनिता सहनीको टाउँको, दुबै हात, खुट्टामा चोट निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर भएको छ ।
WB74AX2829 नम्बरको कार चालक भारत सिलगुडी ४१ बस्ने ३२ बर्षिय गोपाल अग्रवाल सामान्य र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालकसंखुवासभा थोतखोला गाउँपालिका–२ का ३७ बर्षिय टेनहेडर भोटे सामान्य भएको प्रहरीले जनाएको छ ।