झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माई खोलामा वेबारिसे अवस्थामा टिउमा बाँधेर बगाई ल्याउँदैं गरेको काठ प्रहरीले नियन्त्रण गरेको छ ।
अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी र गैडे सामुदायिक बनबाट खटिएको कर्मचारीसँगको संयुक्त गस्ति टोलीले शनिवार अन्दाजी ३ बजेको समयमा सखुवा जातको १५ क्यूफिट काठ नियन्त्रण गरिएको हो ।
नियन्त्रण गरिएको उक्त १५ क्यूफिट सखुजा जातको मूल्य अन्दाजी ४५ हजार रुपैयाँ रहेको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त काठ नियन्त्रणपछि आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।