झापा । 

नेपालकै सवै भन्दा ठूलो सहकारी झापाको बिर्तामोड–२ को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख, सहकारी तथा सामाजिक अभियान्ता महेन्द्रकुमार गिरी राष्ट्रिय सहकारी बैंकको केन्द्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

आधिकारिक घोषणा हुन बाँकी रहेपनि उनी केन्द्रिय अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । हरेक सामाजिक गतिबिधिमा सक्रिय रहेका गिरीले कोभीड महामारीका समयमा एकका लागि एक अभियान सञ्चालन गरेर देश मात्र नभएर विश्वमा छरिएर रहेका नेपालीहरुलाई एकीकृत गरेर सहयोगको भावना जागुत समेत गरेका थिए । 

त्यस्तै उनकै योजना अनुसार पूर्वको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित कनकाई नदीमा दाहसंस्कारका लागि समर्पण अभियान सञ्चालनको अगुवाई गरेर दाहसंस्कार गर्ने स्थान निर्माण साथै सोही स्थानमा सहारा सर्पदंशा केन्द्रसमेत स्थापनाका लागि नेतृत्वदायी भूमिका खेलेका थिए ।

यस्तै अभियान्ता गिरीले सहरा इस्टर्न कम्पनीको निर्माण गरेर देश तथा बिदेशमा रहेका नेपालीहरुलाई एकीकृतसमेत गर्दै आएका छन् भने अन्य पनि बिभिन्न सामाजिक कार्य गर्दै र सक्रिय रहँदै आएका छन् ।