बिर्तामोड ।
मानव अधिकार सञ्जाल झापाले झापाका हिरासत तथा कारागारको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चाल झापाले गत भाद्र महिनाको ५, ६ र ७ गते अनुगमन गरेको प्रतिवेदन आज (बुधवार) बिर्तामोडमा सार्वजनिक गरेको हो । सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, झिलझिले, दमक, गौरीगञ्ज, जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला कारागार चन्द्रगढीको अनुगमन गरेको बताए ।

सार्वजनिक गरिएको प्रतिवेदनमा अनुगमनका क्रममा हिरासत र कारागारमा देखिएका विवरण र सुझावहरुसमेत प्रस्तुत गरिएको थियो । अनुगमनका क्रममा १५ बुँदे बिबरण र सात बुँदे सुझावहरु अध्यक्ष डा. खनालले प्रस्तुत गरेका थिए ।
सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवत्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सञ्चालका झापा सचिव दीपक दासले गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झापा विश्वराज नेपाल, झापा जिल्ला न्याधिवत्ता रुद्रप्रसाद आचार्य, महिला मानव अधिकार रक्षक परिषद झापा अध्यक्ष अधिवत्ता कविता बास्तोला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश बिष्टलगायतको आतिथ्य रहेको थियो ।
झापा सञ्जालको आयोजना तथा एसएनजेडी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, इन्सेक, एम्नेस्टी इन्टरनेशनललगायत अन्य मानव अधिकार संस्थाको सहकार्यमा ७६ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको एम्नेस्टी इन्टरनेशनल समुह ५८ का संयोजक रन्जन धमलालले जानकारी दिए ।
सोही कार्यक्रमकाबिच इन्सेकको बार्षिक प्रतिवेदन प्रस्तुत, एम्नेष्टी ईन्टरनेशल नेपालको Write for Rights अभियान सञ्चालनसमेत गरिएको थियो । इन्सेकको बार्षिक प्रतिवेदन झापा प्रतिनिधि अधिवत्ता नरेश खातीले प्रस्तुत गरेका थिए भने एम्नेष्टी ईन्टरनेशल नेपालको Write for Rights क्याम्पियनसँगै पत्र लेखनसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चालकी झापा सदस्य मिरा भट्टराईले गरेकी थिइन् ।