भद्रपुर। 

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एबिसी नेपालको समन्वय र मानव अधिकारका लागि महिला एकल महिलाको संयुक्त पहलमा जिल्ला कारागारमा झापाको महिला बन्दी गृहमा रहेका महिला तथा बालबालिकालाई लक्षित गरी ट्युवेल तथा न्यानो कपडा प्रदान गरिएको छ ।

बन्दी गृहको महिला विभागमा खानेपानी व्यवस्थापन अभाव भएसँगै कारगार प्रशासनसँगको समन्वयमा झापा कारागार महिला विभागतर्फ खानेपानी व्यवस्थापन कार्यक्रमको आयोजना गरि ट्युवेल तथा न्यानो कपडा र फलफूल प्रदान गरिएको हो । 

एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला बन्दी गृहमा रहेका महिला तथा बालबालिकालाई लक्षित गरी खानेपानीका लागि ट्युवेल, फलफूल, तथा न्यानो कपडा लगायतका सामग्री प्रदान गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथि पोखरेलले, उपप्रमुख राधा कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

कारगार प्रमुख रेवन्त भट्टराई, भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल परिवार नियोजन संघ झापाका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, बन्दी गृह इन्चार्ज रवि लिम्बू, ज्योति रिजाल गंगा मैनाली, ज्योती रिजाल लगायतको उपस्थिति रहेको कार्यक्रममा महिला चौकीदार प्रमुख रिता राईले महिला बन्दी गृहका बारेमा जानकारी गराएकी थिइन् ।  

मानव अधिकारका लागि महिला एकल महिलाकी अध्यक्ष रेखा अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत सत्य साइ केन्द्रकी उपाध्यक्ष गीता श्रेष्ठले सञ्चालन साना हातहरु नामक संस्थाका प्रमुख विक्रम वाग्लेले गरेका थिए । 

कार्यक्रममा एबिसी नेपाल झापाले यसअघि बन्दी गृहका महिलालाई सीप सिकेर दक्ष बन्न र कारागारबाट स्वाबलम्बी भएर बाहिरिंदा सम्मानित जीवन जिउन सहयोग पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराएका सिलाई कटाईका मेसिनलाई पुनः प्रयोगमा ल्याउन अनुरोध गरेका छन् । मेसिनलाई पुन प्रयोगमा ल्याए आफूहरु कपडा सहयोग गर्न तयार रहेको एबिसीकी अध्यक्ष सिटौलाले प्रतिवद्धता जनाइन् ।