सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का नव–निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले पदभार ग्रहण गरेका छन् । गत मंसिर १६ गते भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार ओली निर्वाचित भएसँगै आज (आज) कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नै कार्यकक्षामा सपथ गराएसँगै  नव–निर्वाचित ओलीले वडा कारर्यालयमा पदभार ग्रहण गरेका हुन् । 

नगरप्रमुखको कार्यकक्षमा भएको  सपथ ग्रहण कार्यक्रममा नगर प्रमुख पोखरेलले सफत खुवाउदै थप कार्यकालको बधाईसहित शुभकामना समेत दिएका थिए । कार्यक्रममा उपप्रमुख  आशा शर्मा शिवाकोटीले स्वागतसहित बधाई दिएकी थिइन् । 

प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा वडाध्यक्षसहित कार्यपालिका सदस्य वडा सदस्य कर्मचारी, कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापा, जामुनबारी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी, सचिव दिपक ओली, स्वतन्त्र नागरिक समूह वडा न ६ का अध्यक्ष मेदनीप्रसाद विमली, रास्वपा कनकाई ६ का सभापति धनेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यता वडा कार्यालयमा पदस्थापन कार्यक्रममा समेत नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडा सचिव लगायत सहभागी भएका थिए । गत मंसिर १६ गते भएको उपनिर्वाचनमा ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित भएका थिए । गत असार २ गते तत्कालीन वडा अध्यक्ष  दीर्घबहादुर थापाको निधन भएपछि कनकाई ६ मा उपनिर्वाचन भएको थियो।