अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–१० स्थित कालीझोडामा संगीतमय बाल्मिकिय आनन्द रामायण रामकथा नवाह ज्ञान धन–धान्यान्चल महायज्ञको आयोजना हुने भएको छ ।

भद्रकाली शिवालय तथा किरातेश्वर धाम कालिझोडामा बाल्मिकिय आनन्द रामायण पुराणको आयोजना हुने भएको हो । कालिझोडामा आगामी पौष १ देखि ९ गतेसम्म संगीतमय महायज्ञको आयोजना र नवाह ज्ञान महायज्ञ सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
शुक्रवार स्थानीय संघ संस्था, बुद्धिजिवी, धाम समितिको उपस्थितिमा धाम समितिका अध्यक्ष बुद्धिलाल चौधरीको अध्यक्षतामा ५१ सदस्यीय मुल पुराण आयोजक समिति गठन भएको छ ।
अनुष्ठानमा आचार्य पन्डित छन्दुराम भण्डारीको प्रमुख वाचकत्व, आचार्य पण्डित नवीन ढकाल उप–वाचक र यज्ञचार्य पण्डित श्री हरि तिम्सिना रहने अध्यक्ष चौधरीले बताएका छन् ।
मन्दिरको दिगो बिकास, कोष निर्माण तथा समस्त गाउँवासीरुको सुख, शान्ति र समृद्धीको कामना गर्दै महायज्ञको आयोजना गरिएको मुल पुराण आयोजक सचिव तथा प्रचार प्रसार उप–समिति संयोजक गोविन्द दाहालले जानकारी दिएका छन् ।
अनुष्ठान अवधिभर कथा प्रवचन,महात्म्य, ग्यानमन्च, संगीतमय भजनकृतन, विविध झाकी, हुने बताइएको छ । देश–बिदेशमा रहने सम्पूर्ण कालिझोडाबासीहरुको नवग्रह स्वस्तिशान्ति पाठसमेत गरिने धाम समितिका सल्लाहकार जनक लुहागुनले बताएका छन् ।