झापा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर १४ प्रणामी नगर टोलमा आगलागी भएको छ । गएराति १२ः१० बजेको समय एक तले पक्का, माथि टिनको छाना भएको (मदरसा) मझारे सरिफको सभाहलमा कोहि नभएको अवस्थामा अचानक आगलागी भएको हो ।

आगलागी हुँदा मदरसा आंशिक रुपमा जलेर तिन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो प्रहरी चौकि चारआलीबाट खटिएको प्रहरी टोली, स्थानिय, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दकलको सहयोगमा १२ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।