हल्दीबारी । 

नेपाल रेडक्रस सोसाईटी जलथल उप–शाखाको चौधौँ वार्षिक साधारणसभा स्थगित भएको छ। संस्थाको शनिबार का लागि तोकिएको साधारण सभामा स्थगीत भएको हो ।

जलथल उप–शाखाका सभापति रेमप्रसाद खरेलको अध्यक्षता तथा रेडक्रस सोसाईटी जिल्ला शाखा झापाका मन्त्री चन्द्रप्रसाद चुडालको प्रमुख आतिथ्यता संस्थाका कार्यसमितिसहित जम्मा ७० मात्र आजीवन सदस्यहरूको उपस्थित रहेको थियो।

संस्थामा जम्मा १००९ जना आजीवन सदस्यहरू रहेको बताइएको छ। उपस्थिति एकदमै नून रहेकाले कोरम नपुगेको जानकारी दिदै एक सूचना जारी गर्दै सभा स्थगित गरेको जनाइएको हो ।

संस्थाले आगामी मंसीर २८ गते शुक्रबार बिहान १०ः ३० बजे साधारण सभा सभापति रेम खरेलले जानकारी दिएका छन् ।  यसअघि पनि मंसिर ८ गते गर्ने भनिएको साधारणसभा समेत बिशेष कारण देखाउदै स्थगित गरिएको थियो ।

शनिबार २ बजेसम्ममा पनि आजीवन सदस्यहरूको उपस्थिति न्यून भएको कारण सभा सारिएको हो। शनिवारको सभा बिहान साढे ११ बजे साधारणसभा बोलाएको थियो ।