झापा ।
झापाको मेचीनगर–१० धुलावारी बजारको कपडा पसलबाट करिव तीन लाख बराबरको लत्ताकपडा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– १० टिमाई भेलीका २८ वर्षीय दुखु मिया र सोही स्थानका २१ वर्षीय तेजराज बिष्ट पक्राउ परेका हुन् । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी भएको थियो ।
सिसि टिभी फुटेजमा उनीहरुको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुवैलाई नियन्त्रणमा लिएको हो ।
चोरी गरी लगेको लताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।