बिर्तामोड ।
झापाको अर्जुनधारा–६ मा श्री कृष्ण प्रणामी स्वर्ण मन्दिर निर्माण हुने भएको छ । बिर्तामोडस्थित सद्गुरु श्री देवचन्द्र सदन बिर्तामोडमा स्वर्ण मन्दिर निर्माण सुरु गरिएको हो । बुधबार एक कार्यक्रमकाबिच उक्त मन्दिरको अनन्त श्री बिभुशित जगत गुरु १०८ कृष्ण मणिजी महाराजश्रीले शिलन्यास गरेका छन् ।
धर्म संगै पर्यटनलाई बढवा दिने उदेश्यले नेपालमै नमुना स्वर्ण मन्दिर बिर्तामोडमा निर्माण सुरु गरिएको मन्दिर निमार्ण समितिका अध्यक्ष कृष्णप्रसाद बजगांंईले जानकारी दिए । कार्यक्रममा कृष्णमणि जी महाराजको भब्य स्वागत गरिएको थियो । साथै उनले सहभागिलाई आशिबचन समेत दिएका थिए ।
सद्गुरु सदनका अध्यक्ष गोपाल बजगांइको अध्यक्षतामा भएको कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय अध्यक्ष एसके शर्मा, पुर्व अध्यक्ष मदनकृष्ण शर्मा, केन्द्रिय सल्लाहकार संयोजक रेशम ढकालले मन्दिरकालागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा युवा परिषद झापा अध्यक्ष समपर्ण खतिवडा, अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बांस्तोला, सत्सङ सेवा परिषद अध्यक्ष मिलन बस्नेत ले मनतब्य राखेका थिए । वडाध्यक्ष बांस्तोलाले वडाबाट सेफ्टी ट्याङ्की निमार्णकालागि ५ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता राखेका थिए ।
सद्गुरु सदनका उपाध्यक्ष दिपक दिनेश दाहालले स्वागत गरेको मन्दिर शिलन्यास कार्यक्रममा एकै दिन सवा करोड बढी रकम सहयोगको प्रतिबद्धता आएको सद्गुरु सदनका सचिव पुष्प आर्चायले जानकारी दिए ।
सचिव आर्चायका अनुसार करीब १० करोड लागतमा बन्ने मन्दिर नेपालकै नमुना हुनेछ । अत्याधुनिक, आकर्षक, मनमोहक, इतिहास झल्कने बिभिन्न मुत्र्ति झडित स्वर्ण मन्दिरको गजुर मात्र ६० फिट अग्लो हुने सदनका सचिव आर्चायको भनाई छ ।
प्रशस्त पाकिङ, कम्पाउण्ड, गार्डेन, आकर्षक प्रवेशद्धार, पानीको फोहोरा, कृष्ण जीका लीला, झांकीहरुको मुर्ति, कालीनागमाथि कृष्ण जी नाचेको मुत्र्ति लगायत मन्दिरमा निर्माण गरिनेछ । ११ कठ्ठा जग्गामा बन्न लागेको स्वर्ण मन्दिरको पहिलो चरणको निमार्ण कार्य ३ बर्ष भित्रमा बनाइ सक्ने लक्ष्य लिइएको आर्चायले जानकारी दिए ।
सदगुरु सदनको बृहत्तर परियोजना अन्तरर्गत सामुदायिक भवन पनि अहिले निर्माणाधिन अवस्थामा छ । जस अन्तरर्गत बिभिन्न सामाजिक कार्य , विवाह, सभा सम्मेलन गर्न सहजता प्रदान गर्ने उदेश्य सहित निमार्णधिन भवनको हाल सम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सद्गुरु सदनको सौन्दर्यकरणको संयोजक तथा निमार्ण समितिका उपाध्यक्ष गणेश प्याकुरेलले जानकारी दिए ।
निर्माणाधिन यी परियोजना सम्पन्न भइसक्दा यसले झापा जिल्लाको मात्र नभई देशकै गौरब बढाउने प्याकुरेल बताउंछन् ।
चार तलाको भब्य भवनमा करीब ३ हजार मानिसले एकै पटक उपभोग गर्न सक्ने मन्दिरका अध्यक्ष गोपाल बजगांईको भनाई छ । उनले गौरबको यस्ता आयोजनामा स्थानीय सरकारले सहयोग गर्नु पर्ने धारणा राख्छन् ।
त्यस्तै सद्गुरु सदनमा युवा परिषदले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ४० जना बढीले रक्तदान गरेको सद्गुरु सदन प्रा.स . युवा परिषद अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए । सहभागिलाई भोजन सहितको सेवा बाइजुराज प्रा.स. अध्यक्ष प्रमिला गौतम सहितको टिमले उपलब्ध गराएको थियो ।
कार्यक्रममा सेवा समिति, सत्सङ , युवा परिषद, बाइजुराज केन्द्र, प्रदेश, जिल्ला, प्रा.स लगायतका अध्यक्ष तथा पदाधिकारी सहित सुन्दरसाथहरुको बाक्लो उपस्थिति रहेको थियो ।