बुट्टाबारी ।
महेश्वरि महिला मञ्च मेचीले जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयलाई मेट्रेस, बेड कभरसहित राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा स्थानीय अपाङ्गलाई ह्विलचियर वितरण गरेको छ । मञ्चले एक जना अपाङ्गलाई एक थान ह्वील चियर पनि बितरण गरेको हो ।
बिद्यालयमा रहेको बालबिकास कक्षा र छात्रा एवम् महिला शिक्षकहरुका लागि रेस्ट रुममा रहेको दुई लोबेडमा मेट्रेस २ थान, बेड कभर २ थान, तकिया २ थान र स्थानीय शारीरिक अपाङ्गता भएको युवा ठाकुरसिंह गुरुङ्गलाई एउटा ह्विलचियर हस्तान्तरणसँगै विद्यार्थीहरुलाइ खाजाको रूपमा खिर खुवाए थिए।
मञ्चकी अध्यक्ष रिता चित्तल्याङ्गियाको अध्यक्षता तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको प्रमुख आतिथ्यमा सामग्री हस्तान्तरण गरेको हो । मञ्चलाई बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण सचिव सुधा तोसनिवालले गरेकी थिइन् ।