बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापा अर्जुनधारा ११ झापाले योगी परिवारलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेको छ । अर्जुनधारा–११ का शंकर योगीकि श्रीमती निर्मला योगीको असमायिक निधनले योगि परिवारमा १३ दिने काजकिरिया गर्न आर्थिक समस्याले भएको थियो ।
अनिबिपन्न योगी परिवारबाट सहयोग आह्वान गरेका थियो। स्वच्छ समाजका लागि सामाजिक अभियानका अभियन्ता गणेश ढुंगानाले सहयोगी दाताहरुको सहयोगमा संकलित रकम र खाद्यन्न सहयोग गरेका हुन् ।
बिर्तामोड–३ निवासी उद्योगपति कृष्णकुमार गिरी, सामाजिक ब्याक्तित्व डिल्ली सुनिता ओलि, रिता मल्लिक चारआली अनुप श्रीवास्तव, सुरेन्द्र चौधरी, मार्मिक देवान, लीला बस्नेत तालाचन चौधरी बुटाबारी एवम् बिर्तामोड लगायतले छ बोरा चामल, दाल, खानेतेल, आटा शब्जीसहित नगद ६ हजार ११० रुपैयाँ सहयोग प्रदान गरेका थिए। उक्त सहयोग प्राप्त भएपछि योगी परिवारले सम्पूर्ण सहयोगीमनहरुमा धन्यवाद व्यक्त गरेका थिए ।
सहयोग कार्यक्रममा स्थानीय वडाध्यक्ष खगेन्द्र इङ्गनाम, सामाजिक ब्याक्तित्व जगतबहादुर मगर, बिपि कोइराला, जनप्रतिनिधि सुशिला गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।