झापा ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ४ डोरामारीमा गएराति आगलागी भएको छ । गौरादह–४ स्थित खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको १ तले गाई गोठ (ग्वाली) मा गएराति ११ः४५ बजेको समयमा अचानक आगलागी भएको हो ।
आगलागीबाट गाई गोठमा भएको एउटा खसी, एउटा माउबाख्रा, तीन वटा पाठापाठी, एउटा गाईको बाच्छी जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी एउटा गाई जलेर घाईते भएको र सोहि स्थानमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाईकल, अन्नपात पूर्ण रुपमा जलेर नष्ट हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी, गौरादह नगरपालिकाको दम्कल र स्थानियको सहयोगमा गएराति १२ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।