झापा ।  

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको सुपारी नियन्त्रणमा लिएको छ । आज (मंगलबार) १२ः५० बजेको समयमा प्रहरीले सुपारी नियन्त्रणमा लिएको थियो । 

झापा मेचीनगर नगरपालिका वडा नं. ६ पिङ्की ठ्याकस्थित हुँदै भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याइदै गरेको १२० के.जी. सुपारी एक लाख आठ हजार मूल्य बरावरको नियन्त्रणमा लिएको हो । 

उक्त सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।