बुढीगंगा ।
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्न सक्ने उपकरण निर्माण गरेका छन ।
पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन।
विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त्त उपकरणले तत्काल सिग्नल दिनसक्छ । जसले ‘तिमिले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ ।
यसैले यो उपकरणले दुर्घटना न्युनिकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका ईन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल ईन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन् ।
यसैगरी मनमोहन पोलिटेक्निककै ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले गियरवाला विद्युत्तिय मोटरसाइकल पनि निर्माण गरेका छन । विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भैरहेका ईलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन ।
यो प्रविधिलाई स्तरोनोन्तरी गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा ईन्जिनियर रामकुमार यादवले जानकारी दिए । ईन्जिनियर रामकुमार यादवका अनुसार चालु बर्ष ईन्जिनियरिंगतर्फका विद्यार्थीले ५ वटा र ईलेक्ट्रिक ईन्जिनियरिंङगतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रर्दशन गरेका छन ।