झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा फलामको चेन गेटले किच्दा एक बालकको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–८ घर भई हाल बिर्तामोड–१ बुद्धचोकस्थित रामकुमार आचार्यको घरमा डेरा गरी बस्ने राजकुमार राईको अन्दाजी ३ बर्षिय छोरा दिवाहाङ राईलाई खेल्ने क्रममा फलामको चेन गेटले किचेर घाइते भएका थिए ।
गत मंसीर १३ गते साँझ ७ः०० बजेको समयमा खेल्ने क्रममा फलामको चेन गेटले किचेर घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचारपछि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
उपचार भइरहेकोकै अवस्थामा सोमवार (हिजो) दिउँसो ३ः१० बजे मृत्यु भएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।