झापा ।
झापामा अलग–अलग सवारी दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–५ का २८ बर्षिय नितेश राई र हल्दीबारी– गाउँपालिका–५ का ४४ बर्षिय नबिन राईको उपचारको क्रममा मृत्यु भएको हो ।
राईको कमल–५ रतुवा पुलस्थित पूर्व पश्चिम राजमार्गमा मे.१० प.१४४१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोकी दुर्घटना हुँदा मोटरसाईकल चालक ३० बर्षिय रुपेश सुनुवार र सोहि मोटरसाईकल पछाडी सवार सोही स्थानका नितेश राई घाईते भएका थिए ।
घाइते दुबैलाई निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको थियो । हिजो आइतवार दुबै जना डिस्चार्ज भई घर आएकोमा घाईते नितेश राई पुनः बिरामी भई उनका बुबाले उपचारको लागि १०ः३० बजे न्युरो अस्पताल बिराटनगर पु¥याएकोमा उपचारको क्रममा १०ः४२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गत मंसीर ११ गते हल्दीबारी–५ का राई मादक पदार्थ सेवन गरी साईकलबाट नालिमा लडेर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा उपचार लगिएको थियो । उनको थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसीमा थप उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा आज अन्दाजी ११ः४५ बजे मृत्यु भएकोले प्रहरीले जनाएको छ । दुबै दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।