बिर्तामोड ।

 बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालो पत्रे शुरु गरीएको छ । एक हजार २३७ मिटर सडकमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरीएको हो ।

बिर्तामोडमा महिला मेयर भएकै कारण शहरी विकास मन्त्रालयले दिएको सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ करोड रुपैयाँबाट उक्त सडक कालोपत्रे गरीएको हो । यस रकमबाट ६ वटा सडकको स्तरोन्नती र एउटा भवन निर्माण हुँदैछ । 

७ वटै योजनाको एकमुष्ठरुपमा शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । यो सडकमा भोलि काम सम्पन्न हुने र मंगलबार देखि वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने  एक हजार तीन सय मिटर सडक कालो पत्रे गर्ने ठेकेदार नयन बरालले जानकारी दिए । यो सडकमा यस अघि नै प्राइम लगाइएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले  सघन सहरी विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग, अतिथि सदन रोड, वडा नम्बर २ को बानालाल मार्ग, वडा नम्बर ८ स्थित कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक, वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक, पूर्व पश्चिम राजमार्गबाट दक्षिण ुबुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ता बजार जोड्ने सडकको स्तरोन्नती र वडा नम्बर ६ को हरियाली सामुदायिक भवन निर्माण भईरहेको जानकारी दिइन् ।