झापा ।
पूर्वी नाका काँकरभिट्टा हुँदै भारत लगिदै गरेको चार कार्टुन लाइटरसहित अन्य बिभिन्न सामाग्री प्रहरीले नियन्त्रण गरेको छ । आइतवार २ बजेको समयमा उक्त सामानहरु नियन्त्रण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ पिंङकीठ्याकस्थित हँुदैं नेपालबाट भारततर्फ भन्सार छलेर लैजादैं गरेको सामाग्री प्रहरीले नियन्त्रण गरेको हो ।
प्रहरीले ४ कार्टुन लाईटर ४० हजार, ७ बोरा सुपारी २१० केजी १ लाख ६८ हजार मेचीडाँडा हुँदैं भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदैं गरेको लसुन २५ केजी १० हजार मूल्य बराबरको गरी जम्मा २ लाख १८ हजार मूल्य बरावरको सामान प्रहरीले नियन्त्रण गरेको छ ।
नियन्त्रणमा गरिएका ती समानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।