झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माईखोलाबाट काठ नियन्त्रण गरिएको छ । आइतवार साँझ ४ः५० बजेको समयमा प्रहरीले उक्त साखु जातको काठ बरामद गरेको हो ।
खोलाले काठ बगाउँदैं ल्याइरहेको छ भन्ने जानकारी प्राप्त हुना साथ अस्थाई प्रहरी चौकी माईधारबाट प्रहरी टोली गएर उक्त खोलाले बगाएर ल्याउँदै गरेको अन्दाजी ४० क्यु.फिट सखुवा जातको काठ बरामद गरेको छ ।
एक लाख २० हजार मूल्य बराबरको सखुवा जातको काठ फेला पारी आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।