झापा । 

झापाको बिर्तामोडमा सर्व साधारणलाई आतंकित बनाउने उदेश्यले बिष्फोटक पदार्थ राखेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड–६ स्थित शमशेर एण्ड गंगादेवी टि–स्टेट प्रालिको पश्चिम पर्खाल नजिकै बिष्फोटक पदार्थ राख्ने दुई जना पक्राउ परेका हुन् । 

मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका ३६ बर्षिय राजकुमार माझी उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट पक्राउ परेका हुन् भने कानेपोखरी गाउँपालिका–६ शिवालय टोलका २० बर्षिय धिरज माझी पथरी शनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट पक्राउ परेका हुन् ।   

उनीहरुले  नेकपा (माओवादी) का पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चा थान १ समेत फेला परेको थियो । 

घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिबादीहरुको सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाने क्रममा घटनामा संलग्न प्रतिबादीहरुलाई गत मंसीर १२ गते पक्राउ गरिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले जिल्ला अदालत झापाबाट विष्फोटक पदार्थ सम्बन्धी कसूरमा दिन तीन दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धानगरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।