झापा ।
नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ल्याइदै गरेको बिभिन्न सामाग्री झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छलेर भारततर्फ लगिदै गरेको सामाग्री शुक्रवार साँझ ७ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीले नेपालबाट भारततर्फ लगिदै गरेको ८ काटुन लाईटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बच्चाको ट्राउजर २१ पिस, ज्याकेट ७ पिस, लेडिज सुईटर ८ पिस, बच्चाको जम्फर ४ पिस, जुत्ता ३ जोर, चना, मटर, चिनी, बेसनको पिठो, कफी चक्लेट, थुक्पा, पानीपुरी, भुजिया आलु चिफ्स गरी जम्मा एक लाख ५० हजार ७५० मूल्य बरावरको सामान फेला पारी नियन्त्रणमा लिएको छ ।
उक्त सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।