झापा । 

आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी देशभरका शिवालय मन्दिरहरुमा शतबीज छरिँदैछ । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । 

 त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै पूर्वको पशुपतिनाथले पििचत अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षी धाम, कनकाई माईलगायत झापाका शिवालय मन्दिरमा शतबीज छर्नेको घुइँचो लागेको छ । 

त्यस्तै पशुपतिनाथ क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा छ ।  

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा जाने गरेका छन् ।  आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै  शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको शुक्रबार राति भक्तजनले मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिने गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

भगवान् शिव मृगरूप लिएर घुमेका पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्म ग्रन्थमा गरिएकोले शतबिज छर्नेको शिवालय मन्दिरमा भीड लाग्ने गरेको हो ।