झापा । 

झापाको कमल गाँउपालिका वडा नम्बर ७ आफ्नै निवासबाट एक जना प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । कमल–७ का ३८ बर्षिय सन्देश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा पक्राउ परेका हुन् ।

उनलाई मंगलबार अन्दाजी ३ बजेको समयमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

बस्नेतको घरमा चेकजाँच गर्दा ट्रामाडोल ४९३ पत्ता, क्यापसुल (४,९३०, स्पासेन ५०३ पत्ता, क्यापसुल ५०२६, डेकोलिक ४२ पत्ता र क्यापसुल  ४२० फेला परेको प्रहरीले जनाएको छ । 

उक्त प्रतिबन्धित औषधी बरामद गरी बस्नेत सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।