बिर्तामोड ।
अन्र्तराष्ट्रिय लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत झापाको बिर्तामोडमा महिला सम्मान तथा नेतृत्व विकास सम्बन्धी उद्घोषण तालिम सम्पन्न भएको छ ।
नेपाल उद्यमशील महिला संघ झापा तथा इलाका प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा आज (सोमवार) बिर्तामोड–५ स्थित उद्यमशील महिला संघको कार्यालयमा तालिम सम्पन्न भएको हो ।
सोही तालिमकाबिच बिर्तामोड–४ कि उद्यमी तथा साहित्यकार साथै निम्न वर्गकी मिना अधिकारीलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष पार्वता खरेल बिमलीले जानकारी दिइन् ।
करिव ५० जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रमुख प्रशिक्षक संस्थाकी सल्लाहकार भीमा शिवाकोटी रहेकी थिइन् ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष यशोदा प्रसाईले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव बिना थापा घिमिरेले गरेकी थिइन् ।